अनसनमा बसेका चापागाईंलाई भेट्न पुगिन् शिक्षामन्त्री

काठमाडौँ, ६ जेठ । ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंलाई शिक्षामन्त्री सुमना श्रेष्ठले भेटेकी छन् ।

प्रदर्शनस्थल माइतीघर चापागाईंलाई भेटेर पुगेर शिक्षामन्त्री सुमनाले माग जायज भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएकी थिइन् ।

 ‘यो विषय हामीले पनि उठाएको विषय हो । यो निकै महत्वपूर्ण छ र शिक्षा मन्त्रालयको ध्यानाकर्षण पनि भएको छ भन्नुभयो,’ प्रदर्शनस्थलमा रहेकी नेपाल समाजवादी पार्टीकी नेता मानुषी यमी भट्टराईले भनिन् । चापागाईंले प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्ने लगायतका पाँच बुँदे माग प्रदर्शन गरिरहेका छन् । उनले प्रदर्शन गरेको आज पाँचौं दिनमा शिक्षामन्त्री सुमना भेट्न गएकी थिइन् । उनले नेपाल समाजवादी पार्टीले उठाएका कतिपय मागलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रममा समेटेको समेत बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । आज दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका

काठमाडौँ, १३ भदाै । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट

काठमाडौँ, १३ भदाै । रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ । नेपाल प्रहरीले आज दिउँसो २:५० बजेको तथ्यांक

काठमाडौँ, १३ भदौ । नेपाल पर्यटन बोर्डका अनुसार भदौ १० गते आएको विनाशकारी भोटेकोशी तथा त्रिशूली बाढीपछि भदौ १३ दिउँसो १ः३०