फ्रान्समा कैदी बोकेको गाडीमा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु

एजेन्सी, २ जेठ । फ्रान्सको नर्मन्डी क्षेत्रमा कैदी बोकेको प्रहरीको गाडीमा आक्रमण भएको छ । नर्मन्डीमा कैदीलाई अदालतबाट कारागार लैजाँदै गर्दा भएको आक्रमणमा दुई जना प्रहरीको ज्यान गएको थियो । यो घटनामा अरु तीन जना घाइते भएका छन् ।

गाडीमा आक्रमणपछि कैदीहरू फरार भएका छन् । आक्रमणको कारण र फरार कैदी कति छन् ? खुल्न सकेको छैन । आक्रमण गर्ने र फरार कैदीको खोजी भैरहेको छ । यसका लागि सयौं प्रहरी परिचालन गरिएको फ्रान्सको सुरक्षा निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

प्रमुख ठाउँहरुमा गाडी रोकेर जाँच भैरहेको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले दोषीहरू पत्ता लगाउन कुनै कसर नराखी काम गर्न निर्देशन दिनुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण