रणवीर कपूरको ‘रामायण’को लागी बजेट ८३५ करोड भारु तय

काठमाडौँ, २ जेठ । बलिउड निर्देशक नितेश तिवारीको महत्वाकांक्षी प्रोजेक्ट ‘रामायण’ यतिबेला चर्चामा छ ।

रणवीर कपूर स्टारर यो फिल्म अहिलेसम्मकै महंगो र महत्वाकांक्षी भारतीय फिल्म बन्ने भएको छ । निकट स्रोतका अनुसार, ‘रामायणः भाग १’को लागि निर्माताले १० करोड अमेरिकी डलर बजेट विनियोजन गरेको पुष्टि गरेका छन् ।

स्रोतलाई उध्दृत गर्दै बलिउड हंगामाले लेखेको छ, ‘रामायण फिल्म मात्र होइन भावना हो र निर्माताले यसलाई विश्वव्यापीस्तरको फिल्म बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।’ निर्माता नमित मल्होत्राले शानदार र भव्य फिल्म बनाउन आफ्नो विश्वब्यापी अनुभवलाई प्रणालीमा लगाइरहेका छन् । ‘१०० मिलियन अमेरिकी डलर (८३५ करोड भारु)को बजेट रामायणको पहिलो भागको लागि मात्र हो । फ्रान्चाइजी बढ्दै जाँदा यसलाई थप विस्तार गर्ने उनको योजना छ । यसो गरेर निर्माता दर्शकलाई रणवीर कपूरसँग भगवान रामको रूपमा भिजुअल ट्रीट दिन चाहन्छन्’ स्रोतले भन्यो ।

सन् २०२२ मा रिलिज भएको रणवीर कपूरको ‘ब्रम्हाष्त्र’ ४५० करोड भारुमा बनेको थियो । यो फिल्म त्यतिबेलाको सबैभन्दा महँगो हिन्दी फिल्म थियो । निर्माताहरु ‘रामायण’सँग नयाँ कीर्तिमान मात्र हैन, हिन्दी फिल्मको लागि मापदण्ड तय गर्न पनि तयार छन् । ‘रामायण’को बजेट लगभग ८३५ करोड भारु तय छ । फिल्मको लागि ६०० दिनको पोस्ट–प्रोडक्सन काम आवश्यक छ जसले केही मौलिक दृश्य सिर्जना गर्न लगानी आवश्यक पर्ने कुरालाई दर्शाउँछ । ‘रामायणलाई मेगा बजेट बनाउने उद्देश्य भारतीय सिनेमालाई विश्व स्तरमा लैजाने हो’ स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन्

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन भएको छ ।  यसअघिको समय परिवर्तन