काठमाडौँ, १ जेठ । सरकारले आगामी आर्थिक वर्षभित्र इन्टरनेट सेवालाई सर्वसुलभ र उच्च गतिको गुणस्तरीय सेवा प्रवाह गर्ने जनाएको छ ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम बाचन गर्दै ब्रोड ब्यान्ड इन्टरनेट सेवालाई उच्च गतिको बनाई सबै स्थानीय तहमा गुणस्तरीय सेवा पुर्याउन अप्टिकल फाइबरको विस्तार गरिने बताए । सबै विद्युतीय सेवालाई इन्टरकनेक्ट गरी विविध प्रशासनिक कार्यलाई सहज बनाइने समेत उनले बताए ।