एन्फामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौँ, २६ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) मा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

गोरखा फुटबल सङ्घका सदस्य अमित खत्रीले एन्फाका अध्यक्ष, महासचिव र कोषाध्यक्षको मिलेमतोमा भ्रष्टाचार र अनियमितता भएकाले गम्भीरतापूर्वक छानबिन गर्न बुधबार निवेदन दिएका हुन् ।

‘अखिल नेपाल फुटबल संघ (एन्फा) मा भ्रष्टाचार, बेथिति र आर्थिक अनियमितताले पराकाष्ठा नै नाघेको छ’, अख्तियारमा दिएको निवेदनमा खत्रीले भनेका छन्, ‘विधान, आर्थिक नियमावली र आर्थिक कार्यविधि विपरीत कामको सीमा नै छैन ।’ 

उनले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीले एन्फालाई करिब १ करोड हाराहारी हानी नोक्सानी पुर्‍याएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः