टिकटकद्वारा अमेरिकी कानुनविरुद्ध मुद्दा दायर

एजेन्सी, २६ वैशाख । टिकटकले हालै अमेरिकामा ल्याइएको कानुन असंवैधानिक भएको जनाउँदै मंगलबार एक अमेरिकी अदालतमा मुद्दा दर्ता गराएको छ । अमेरिकाले हालै टिकटकलाई गैरचिनियाँ कम्पनीलाई बेच्नुपर्ने नत्र अमेरिकामा बन्द गरिने कानुन ल्याएको थियो ।

सो कम्पनीले दायर गरेको मुद्दामा अमेरिकी नयाँ कानुन स्वतन्त्र अभिव्यक्तिमाथिको  असाधारण घुसपैठ भएको र यसका प्रयोगकर्ता १७० मिलियन अमेरिकीलाई पनि असर गरेको जनाएको छ । गएको अप्रिल महिनामा राष्ट्रपति जो वाइडेनले राष्ट्रिय सुरक्षामा चासो देखाउँदै सोसम्बन्धी कानुनमा हस्ताक्षर गरेका थिए । टिकटकको प्यारेन्ट कम्पनी बाइट डान्सले टिकटक बेच्ने कुनै योजना नभएको यसअघि जनाएको थियो ।

डीसी सर्किट कोर्ट अफ अपिल्समा मंगलबार दर्ता गरिएको मुद्दामा टिकटकले यसको बिक्रीको आवश्यकता प्राविधिक, कानुनी र व्यापारिक हिसाबले पूरा हुन नसक्ने जनाउँदै कानुनले दिएको २७० दिनको म्याद पनि पर्याप्त नभएको जनाएको छ । टिकटकले आफ्नो व्यापार प्रष्ट भएको र सरकारले निजी रूपमा सिर्जना गरिएको स्पीच फोरमको स्वामित्वको बारेमा  हुकुम जारी गर्न  नसक्ने जनाएको छ । टिकटकले अमेरिकी चासो सम्बोधन गर्नका लागि आफूले दुई बिलियन डलरभन्दा बढी रकम खर्च गरेको समेत स्मरण गराएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने

सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक

काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा