म्यानमारमा चट्याङबाट ७३ जनाको मृत्यु

म्यान्मा, २५ वैशाख । आर्थिक वर्ष २०२३–२४ म्यानमारमा चट्याङबाट ७३ जनाको मृत्यु भएकाे छ । 

म्यानमारको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मंगलबार आर्थिक वर्ष २०२३/२४ मा म्यानमारमा चट्याङबाट ७३ जनाको मृत्यु भएको जनाएको छ ।

आर्थिक वर्षभरि अप्रिल–मार्चसम्म म्यान्माले देशभर ६७ वटा चट्याङको अनुभव गरेको छ । चट्याङबाट २७ जना घाइते समेत भएका छन् । म्यानमारको विपद् व्यवस्थापन विभागले चट्याङबाट हुने मृत्युको संख्या कम गर्न यसको सुरक्षाकाबारेमा चेतना जगाउँदै गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ १८ असोज । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ

काठमाडौँ, १८ असोज । पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो

काठमाडौँ, १८ असोज । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका

काठमाडौँ, १८ असोज । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार