काठमाडौँ, २४ वैशाख । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा थिएट्रिकल टिजर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मिति तय गरेका हुन् ।
फिल्ममा दयाहाङ राई र पशुपति राई दम्पतीको भूमिकामा छन् । बाल कलाकार प्रसन राईले बिन्द्रेको भूमिका निर्वाह गरेका छन् । टिजरको दृश्य कम्पोज, रङ संयोजक र पार्श्वध्वनि सशक्त महसुस हुन्छ ।