इजरायलले रफाह शहरका सर्वसाधारणलाई बाहिर निकाल्न थाल्यो

एजेन्सी, २४ वैशाख ।  इजरायली सेनाले गाजाको दक्षिणी भेगमा रहेको रफाह शहरबाट स्थानीयवासीलाई हटाउन शुरु गरेको छ ।

१० लाख जनाभन्दा धेरै प्यालेस्टिनीले शरण लिइरहेको शहर रफाहमा आक्रमण गर्नका लागि सर्वसाधारणलाई निकाल्न शुरु गरेको इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इजिप्टको राजधानी कायरोमा दुई दिनसम्म चलेको वार्ता असफल भएपछि इजरायली सेनाले आक्रमणलाई तीव्रता दिँदै रफाह शहरमा व्यापक आक्रमण गर्ने तयारी गरेको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी विद्रोही समूह हमासलाई पराजित गर्नका लागि रफाह शहरमा आक्रमण गर्नैपर्ने बाध्यता रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने

सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक

काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा