‘हीरामण्डी’ मेरो कलाकारिताको सेकेन्ड लाइफ : मनिषा कोइराला

काठमाडौँ, २४ वैशाख । अभिनेत्री मनिषा कोइराला आइतबार काठमाडौँ आएकी छन् । आइतबार राति काठमाडौँ विमानस्थलमा उत्रिंदा उनलाई फिल्ममेकर र मिडियाले स्वागत गरे ।

सञ्जयलीला भन्साली निर्देशित नेटफ्लिक्स वेब सिरिज ‘हीरामण्डी’ रिलिज भएसँगै यसले प्राप्त गरेको चर्चा र प्रसिद्धिको छेकोमा उनी घरमा फर्किएकी हुन् । विमानस्थलमा उनले मिडियासँग संक्षिप्त भलाकुसारी गरिन् । उनले ‘हीरामण्डी’लाई आफ्नो कलाकारिता जीवनको दोस्रो जीवन भएको बताइन् । केही बलिउड मिडियामा उनले भनेजस्तै ‘दोस्रो जीवन’बारे प्रश्न सोधिएको थियो ।

‘आधारभूतरुपमा दोस्रो जीवन क्यान्सर निको भइसकेपछि भनेको हो । हीरामण्डीले करिअरमा सेकेन्ड लाइफ दिन सक्छ भनेर भनेको हो । राम्रो निर्देशकसँग राम्रोसँग काम गर्न पाउँदाखेरि धेरै मान्छेले स्याबासी दिएपछि सेकेन्ड लाइफजस्तो भएको छ,’ उनले भनिन् । नेपाल आउनुअघि निर्देशक भन्सालीसँगको भेटमा केही कुरा भएको मनिषाले बताइन् । भन्सालीको भेटबारे उनले भनिन्, ‘मलाई तिमीले २८ वर्ष कुरायौ । अब अरु २८ वर्ष चाहिं नकुराउनु भनेको थिएँ । उहाँसँग काम गर्न पाउँदा खुसी लाग्छ । म गर्व गर्छु,’ उनले भनिन् ।

आफू धेरै योजना बनाउने मान्छे नभएको मनिषाले बताइन् । ‘म धेरै प्लान गर्दिनँ । राम्रो काम आयो भने गर्छु । नत्र म जंगलमा हिंडेर रमाउने मान्छे हो,’ उनले भनिन् । विवाहबारे पनि उनलाई संक्षिप्त प्रश्न गरिएको थियो, जवाफमा उनले आफूलाई सम्हाल्न सक्ने व्यक्तिको खाँचो रहेको बताइन् । ‘हीरामण्डी’मा मनिषाले शीर्ष पात्र मल्लिका जानको भूमिका निर्वाह गरेकी छन् । यो वेब सिरिज गत बुधबार नेटफ्लिक्समा रिलिज भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ १८ असोज । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ

काठमाडौँ, १८ असोज । पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो

काठमाडौँ, १८ असोज । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका

काठमाडौँ, १८ असोज । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार