संविधानमा भएका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन् : मन्त्री शर्मा

काठमाडौँ, २४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् । 

आज काठमाडौँमा गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेको उल्लेख गरिन् । 

उनले भनिन्, ‘हामी अहिले नयाँ समयमा छौँ । नयाँ समयमा गइसकेपछि हामीले त्यही ढंगबाट अघि बढ्नुपर्छ । हामीले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेका छौँ । जातिय छुवाछुत, लैङ्गिक समानता लगायतका थुप्रै विषयहरु संविधानमा व्यवस्थित गरेका छौँ । तर त्यो कुरा आजका दिनमा पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । व्यवहारिक रुपमा कार्यान्वयन हुन नसक्नुको पछाडिको कारणहरु पत्ता लगाइ यस्ता कुरालाई सरकारी मिडियामार्फत जनसमक्ष लैजान सक्यौँ भने मलाई लाग्छ सचेतनाको पक्षमा राम्रो भुमिका निर्वाह गर्दछ । आजका दिनमा आउँदासम्म हामीले प्राप्त गरेका उपलब्धिहरुलाई जोगाउन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने

सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक

काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा