सुदूरपश्चिममा ‘हतार नगर्न’ अध्यक्ष ओलीको निर्देशन

धनगढी, २४ वैशाख । सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन आनाकानी गरेका एमाले सांसदलाई अध्यक्ष केपी शर्मा ओलीले ‘हतार नगर्न’ निर्देशन दिएका छन् ।

शनिबार काठमाडौं पुगेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख सचेतक सुरेन्द्रबहादुर पाललाई ओलीले विश्वासको मत लिने समय पर्याप्त बाँकी रहेकाले हतार नगर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका थिए । सोहीअनुसार प्रदेशसभा सचिवालयले बैठकको आह्वान गरेको थियो । तर एमाले मत दिन तयार नभएपछि बैठक शनिबारका लागि सारिएको थियो ।

एकीकृत समाजवादीका सोडारीले मुख्यमन्त्री दाबी गर्दा एमाले, माओवादी, नागरिक उन्मुक्ति (रञ्जिता समूह) र एक स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनी वैशाख ६ मा मुख्यमन्त्री नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, एमाले ११, माओवादी सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादी ४, राप्रपा १ र १ स्वतन्त्र सांसद छन् । नागरिक उन्मुक्तिमा २ सांसद अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षमा छन् भने ५ जना संरक्षक रेशम चौधरी पक्षका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने

सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक

काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा