आयोगमा दल दर्ताका लागि राजेन्द्र श्रेष्ठ र अशोक राईले दिए निवेदन 

काठमाडौँ, २३ वैशाख । राजेन्द्र श्रेष्ठ र अशोक राईको नेतृत्वमा नयाँ दल दर्ता भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएको समूहले नयाँ दल दर्ता गराएको हो ।

निर्वाचन आयोगमा पुगेर सात जना सांसदले हस्ताक्षरसहित दल दर्ताका लागि निवेदन दिएका छन् । पार्टीमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको भन्दै दल विभाजन गरिएको सांसद सुशिला श्रेष्ठले जानकारी दिइन् ।

निवेदन

श्री निर्वाचन आयोग,

कान्तिपथ, काठमाडौं ।

विषयः छुट्टै दल दर्ता गरी पाँऊ ।

नेपालको संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम यस आयोगमा दल दर्ता कायम रहेको जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दलको केन्द्रीय समिति वा संघीय संसद्का २० प्रतिशत सदस्य भई राजनीतिक दलसम्बन्धी ऐन २०७३ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७६ को उपनियम १ बमोजिम नयाँ दल बनाउन देहाय बमोजिमका विवरण तथा कागजातसहित यो निवेदन पेस गरेको छु ।

साविकको दल सम्बन्धी विवरण :-
क) दलको नाम :- जनता समाजवादी पार्टी, नेपाल
ख) आयोगमा दर्ता भएको मिति :-
ग) केन्द्रीय समितिका सदस्यको संख्या – ४०
घ) संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सदस्य : ७

नयाँ राजनीतिक दल सम्बन्धी विवरमा
क) दलको पुरा नाम : जनता समाजवादी पार्टी
ख) दलको संक्षिप्त नाम :- जनता समाजवादी
का) दल गठन भएको मिति : २३ वैशाख २०८१
घ) केन्द्रीय कार्यालय : काठमाडौं 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने

सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक

काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा