उपप्रधानमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री कामिकावाबीच भेटवार्ता

काठमाडौँ, २३ वैशाख । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामिकावाबीच भेटवार्ता भएको छ । 

नेपालको एकदिने सद्भावना भ्रमणका लागि आएकी जापानकी विदेशमन्त्री कामिकावाले आइतबार अपराह्न सिंहदरबारमा पुगेर उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरेकी हुन् । 

दुई पक्षीय सम्बन्धलाई अझ कसरी मजबुत बनाउँदै लैजाने भन्ने विषयमा छलफल गरिएको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए । उनले भने “हामीले जापानलाई पुरानो असल मित्र र हाम्रो अत्यन्तै ठूलो विकास साझेदारको रूपमा लिएका छौँ । त्यसकारणले हाम्रो सम्बन्धलाई दुई पक्षीय र यसको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ गरेर विस्तार गर्ने बारेमा सबै पक्षहरूमा अहिले छलफल भएको छ । यो औपचारिक सद्भावना भ्रमणमा कुनै सम्झौता वा कुनै एमओयूको एजेन्डा छैन । र हामीले हाम्रा बीचका दुई पक्षीय सम्बन्धहरूलाई अझ दह्रो कसरी बनाउने, मतबुत कसरी बनाउने ? हाम्रा बीचका आर्थिक सहयोगात्मक सम्बन्धलाई कसरी अझ फराकिलो बनाउने, अझ वृद्धि गर्ने भन्ने बारेमा छलफल भएको छ,” । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हवी

काठमाडौँ, २८ असोज । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो

ताप्लेजुङ, २८ असोज । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक

कञ्चनपुर, २८ असोज । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् भने बिचमै विद्यालय