काठमाडौँ, २३ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन हुने भएको छ ।
पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो । नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको छ ।
नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ । विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको दाबी छ ।