परिसूचक नेप्से २४.५८ अंकले घट्यो

काठमाडौँ, २३ वैशाख । आज सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ ।

आइतबार २४.५८ अङ्कले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा रह्यो । कारोबार रकम पनि घटेको छ । ४२ कम्पनीको मूल्य बढ्दा १९६ को घट्यो भने ७ को स्थिर रह्यो ।

बिहीबार ४ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७९ करोडमा खुम्चियो । माइक्रोफाइनान्स र निर्जीवन बीमा झिनो अंकमा हरियो रहे भने अरु सबै समूगत सूचक घटे । माइक्रोफाइनान्स ६.८ र निर्जीवन बीमा ४ अंक बढे । विकास बैंक, फाइनान्स र उत्पादन समूह २ प्रतिशतभन्दा धेरै घटे ।

बैंकिङ ११, विकास बैंक १०९, फाइनान्स ४४, होटल तथा पर्यटन ८५, हाइड्रोपावर ३८, जीवन बीमा १७३, उत्पादन १५५, अन्य १३, ब्यापार १३ अंक घटे । दोल्ती पावरको ९.५, साधना लघुवित्तको ८.७, समता लघुवित्तको ८.७, आरएसडीसी लघुवित्तको ३.७ प्रतिशत मूल्य बढ्यो । त्यस्तै पिपुल्स पावरको ९.९, सिंगटी हाइड्रोपावरको ७.५, हिमालयन डिस्टिलरीको ६.३, जानाकी फाइनान्सको ५.६, बोटलर्स नेपाल तराईको मूल्य ५.२ प्रतिशत घट्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने

सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक

काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा