काठमाडौँ, २३ वैशाख । अदालतको अवहेलना गरेको आरोपमा सिधाकुरा डटकम विरुद्ध अदालतको अवहेलना सम्बन्धी अर्को मुद्दा पनि परेको छ ।
अधिवक्ता अनुपम भट्टराईले सिधाकुरा डटकमका सञ्चालक र कार्यकारी सम्पादकलाई अदालतको अवहेलनामा कारवाही हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन पेश गरेका हुन् ।
सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अदालतको अवहेलनासम्बन्धी प्रतिवेदन पेश गर्नुअघि नै आफूले निवेदन दिएको तर बिहीबार मात्रै दर्ता भएको जानकारी पाएको अधिवक्ता भट्टराईले बताए ।