काठमाडौँ, २३ वैशाख । सन्दीप लामिछानेको मुद्दा सुनुवाइमा विलम्ब भएपछि गायिका रचना रिमालले असन्तुष्टि पोखेकी छन् ।
सामाजिक सञ्जालमा उनले आज पेशी तोकिए पनि हेर्न नमिल्ने सूचीमा मुद्दा परेपछि ‘दोषी भए सजाय देऊ, नभए विश्वकप खेल्न देऊ’ भन्दै स्टाटस लेखेकी हुन् ।
आज सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो । पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो ।