काठमाडौँ, २३ वैशाख । राष्ट्रिय महिला मादल वादन प्रतियोगिता आयोजना हुने भएको छ ।
कर्णाली कलाकार प्रतिष्ठानले बैशाख २७ गते राष्ट्रिय नाचघर जमलमा प्रतिस्पर्धा गर्न लागेको हो । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हुने प्रतियोगिताको उद्देश्य महिलाको अन्तरनिहित प्रतिभाको उजागर गर्नु र साथै मौलिक बाजा मादलको संरक्षण र विकास गर्नु रहेको उल्लेख छ ।
‘नारीको कला, नारीको शान’ भन्ने मूल नारासहित हुने प्रतियोगिताका लागि २५ गतेसम्म आवेदन दिन सकिने भएको छ । पहिलो हुनेलाई ५५ हजार, दोस्रोलाई ३५ हजार, तेस्रो हुनेलाई २५ हजार र सान्त्वना हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।