पाकिस्तानमा सडक दुर्घटनामा १५ जनाको मृत्यु, २२ घाइते

एजेन्सी, २२ वैशाख । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तान (जीबी) क्षेत्रको दियामिर जिल्लामा शुक्रबार यात्रुवाहक बस खोलामा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

जिबी मुख्यमन्त्रीका प्रवक्ता फैजुल्लाह फाराकले दुर्घटनाग्रस्त बस यशु खेल दास क्षेत्रमा मोड लिने क्रममा खोलामा खसेको हो । प्रहरी र उद्धार टोलीले घटनास्थलमा पुगेर बालबालिका र महिलासहित १५ शव र २२ जना घाइतेलाई नजिकैको अस्पतालमा सारिएको जनाएको छ ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको र केही यात्रु अझै बसमा फसेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अधिकारीले आशङ्का गरेका छन् । प्रवक्ताले बस देशको पूर्वी ग्यारिसन शहर रावलपिंडीबाट हुनजा जिल्लातर्फ गइरहेको थियो । तीव्र गतिका कारण मोडमा बस चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने

सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक

काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा