टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ, २२ वैशाख । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।

अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुनमा हुने टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय टोली दुई चरणमा भोलि फ्लोरिडा जाने तालिका छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने विश्वकपको समूह ‘सी’ मा छ । नेपाल र वेस्ट इन्डिज ‘ए’ टोलीबीचको पाचौँ तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ ।

वेस्ट इन्डिज ‘ए’ ले यसअघि नै श्रृङ्खला ३–१ ले जितिसकेको छ । आजको अन्तिम खेलपछि नेपाली टोली भोलि फ्लोरिडा जानेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको श्रृङ्खला खेलेको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य

काठमाडौँ, २० असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी

काठमाडौँ, २० असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  गोलभेडा

काठमाडौँ, २० असोज । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा  कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन