बाँध भत्किँदा ब्राजिलमा ३० भन्दा धेरैको मृत्यु

एजेन्सी, २१ वैशाख । कयौँ दिनदेखिको मुसलधारे वर्षाका कारण दक्षिण ब्राजिलमा बिजुली उत्पादनका लागि बनाइएको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको मृत्यु भएको छ ।  रियो ग्रान्ड दू सुल राज्यमा ६० जनाभन्दा धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

शनिबारयता वर्षाका कारण १५ हजार बासिन्दा विस्थापित भएका छन् । राज्यभर कम्तीमा पनि ५ लाख मानिस बिजुली र खाने पानीको आपूर्ति विहीन भएका छन् । लगातारको मुसलधारे वर्षाका कारण बाढी पसेको क्षेत्रमा बाँध फुटेर पानी छिर्दा झनै धेरै क्षति भएको बताइएको छ । बाँध कोटिपोरा नगरपालिका र बेन्टो गोन्काल्भ्स् शहरको बिचमा रहेको थियो ।

बाढीका कारण अलपत्र परेका मानिसहरूको उद्धारका लागि हेलिकप्टर खटाइएको छ । सो क्षेत्रमा थप वर्षा हुने मौसम विभागले भविष्यवाणी गरेको छ ।  हालैका दिनमा बाढीका कारण ब्राजिलमा कयौँको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । नेपाल र भियतनामबिच व्यापार एवं लगानी प्रवर्द्धनका लागि दुई देशका निजी क्षेत्रले समझदारी गरेका छन् । नेपाल चेम्बरको

काठमाडौँ, २० असोज । बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य

काठमाडौँ, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पछाडि

काठमाडौँ, २० असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।