काठमाडौँ, २१ वैशाख । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिकविरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाएको छ । बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासको अनुशरण गर्ने बैंकले जनाएको छ ।
यसै सन्दर्भमा बैंकले आगामी तीन वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिबद्धता समेत जनाएको छ । यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भएर सबै प्रादेशिक कार्यालयहरूमार्फत देशभरका सम्पूर्ण शाखा कार्यलयमा विस्तार हुने बैंकले जनाएको छ ।
बैंकले आफ्नो स्थापनाकालदेखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषणविरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलाप गर्दै आएको छ । ग्लोबल आइएमई बैंक देशको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।