रास्वपा सचिवालयको बैठक बस्दै

काठमाडौँ, २१ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ ।

पार्टी कार्यालयम चःमतिमा अपराह्न साढे चार बजे बैठक बस्ने छ । बैठकमा इलाम-२ को उपनिर्वाचनको समीक्षा हुनेछ । इलाम-२ को उपनिर्वाचनमा रास्वपा चौथो भएको थियो । त्यस्तै आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा पार्टी सभापति रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्ना देखिएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरेको थियो । उसले संसद् अवरोधसमेत गरेको थियो । रास्वपाको बैठकमा यसबारे पनि छलफल हुनेछ । यसका अतिरिक्त रास्वपाले केन्द्रीय समिति बैठकको तयारी गरेको छ । त्यसको कार्यसूचीबारे पनि यस बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । नेपाल र भियतनामबिच व्यापार एवं लगानी प्रवर्द्धनका लागि दुई देशका निजी क्षेत्रले समझदारी गरेका छन् । नेपाल चेम्बरको

काठमाडौँ, २० असोज । बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य

काठमाडौँ, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पछाडि

काठमाडौँ, २० असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।