काठमाडौँ, २० वैशाख । यो साता धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३३.०२ अंकले बढेर बन्द भएको छ । गत साता ६.२१ अंकले घटेको बजार यो साता बढेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यो साता चार दिन कारोबार भएकोमा तीन दिन बढेको छ भने एक दिन घटेको छ । यो साता आजमात्र बजार घटेको हो । गएका तीन कारोबार दिन भने बजार बढेको थियो । आज नेप्से ७.३१ अंकले घटेको छ । बुधबार (हिजो) श्रम दिवसको अवसरमा बजार बन्द थियो । गत आइतबार बजार १४.३३, सोमबार ०.०७ अंक र मंगलबार २५.९३ अंकले बजार बढेको थियो ।
गत साता आइतबार र बुधबार बजार बढेको थियो भने सोमबार र बिहीबार भने बजार घटेको थियो । आइतबार १२.२९ अंकले बढेको बजार सोमबार १५.४१ अंकले घटेको थियो । मंगलबार भने बजार सरकारले दिएको विदाका कारण बन्द थियो । बुधबार भने बजार ०.१५ अंकले बढेको थियो । तर, गत सातको अन्तिम दिन बजार ३.२४ अंकले घटेको थियो ।
यो साता १४ अर्ब ५७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत सता भने नौ अर्ब २२ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो साताको मंगलबार र बिहीबार चार अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । गत मंगलबारको तुलनामा आज साताको अन्तिम दिन भने कारोबार रकम घटेको छ । आज चार अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । गत मंगलबार भने चार अर्ब ८० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
आज ७८ कम्पनीको सेयर मूल्य बढेर कारोबार भयो भने १६१ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । तीन लघुवित्तको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएर बन्द भएको नेप्सेले जनाएको छ । यस दिन लघुवित्तबाहेक सबै समूहको परिसूचक घटेको छ । लघुवित्त समूहको परिसूचक ३.४५ प्रतिशतले घटेको छ ।