काठमाडौँ, २० वैशाख । सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ ।
विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ ।