आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न आवश्यक : अध्यक्ष ढकाल

काठमाडौँ, २० वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी रहेको बताएका छन् । 

आज काठमाडौँमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कारोबारहरूलाई अनलाइनमाध्यमबाट गर्न सके कारोबार पारदर्शी हुने र सहज हिसाबले काम गर्ने वातावरण बन्ने बताए । 

उनले भने, “भर्खरै सम्पन्न लगानी सम्मेलनमा प्रधानमन्त्रीज्यूबाट र मान्य मन्त्रीज्यूबाट नेपालकै तर्फबाट जुन एउटा आईटी क्षेत्रलाई एकदमै प्राथमिकताका साथ राखिएको र नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरूमा आईटी पनि मुख्य लगानीको क्षेत्र हो भनेर प्राथमिकताका साथ राखिइएको छ यो महत्वपूर्ण छ । आइटीको क्षेत्रमा हेर्दा हामी कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको छ । यसलाई सरकारले अझै प्राथमिकतामा राखेर यो क्षेत्रमा लाग्नुपर्छ । हामीले जति पनि कारोबारहरू हुन्छ, कारोबारहरु पारदर्शी गर्ने हिसावमा पनि निजी क्षेत्रको तर्फबाट एउटा फेसलेस भनौँ, डिजिटल माध्यमबाट जानसक्यो भने पारदर्शिता हुन्छ । सहज हिसावले काम गर्ने वातावरण बन्छ । डिजिटल सिग्नेचरको कुरा हामीले उठाइरहेका छाँै, केही यसलाई अझै कार्यान्वनममा ल्याउन त्यत्तिकै महत्वपूर्ण छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ १८ असोज । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ

काठमाडौँ, १८ असोज । पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो

काठमाडौँ, १८ असोज । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका

काठमाडौँ, १८ असोज । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार