काठमाडौँ, २० वैशाख । अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालयमा दुई दिन बिदा दिइएको छ ।
बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै विद्यालयमा २ दिन गर्मी बिदा दिएको जनाएको हो ।
अत्यधिक गर्मी बढेको तथा तातो हावा चल्न थालेपछि विद्यार्थीहरूको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने सम्भावना देखिएकाले यही वैशाख २० र २१ गते बिदा दिइएको उपमहानगर जनाएको छ । वार्षिक बिदाबाट कट्टी हुने गरी बिदा दिइएको सूचनामा भनिएको छ ।