‘बाहुबली’ एनिमेटेड श्रृंखलाको रुपमा आउँदै

काठमाडौँ, २० वैशाख । भारतीय फिल्म निर्देशक एसएस राजामौलीको ‘बाहुबली’ एनिमेटेड श्रृंखलामा आउने भएको छ ।

निर्देशक राजामौली ‘बाहुबली’को एनिमेटेड सिरिज लिएर आउँदैछन् । निर्देशक राजामौलीले सामाजिक सञ्जालमा यसबारे पोस्ट गर्दै यो सिरिजको घोषणा गरेका हुन् । सिरिजको नाम ‘बाहुबली : द क्राउन अफ ब्लड’ हो । यो एक एनिमेटेड श्रृंखला हो ।

फिल्मको कथा र कलाकारबारे खुलाइएको छैन । यो फिल्मको घोषणापछि फ्यान उत्साहित छन् र कथा जान्न पनि उत्सुक छन् । राजामौलीले सेयर गरेको भिडियो हेर्दा ब्याकग्राउण्डमा बाहुबलीको नारा सुनिन्छ । भिडियो सेयर गर्दै राजामौली लेख्छन्, ‘जब महिष्मतीका मानिसले उनको नाम जप्छन्, ब्रह्माण्डको कुनै शक्तिले उनीहरूलाई फर्किनबाट रोक्न सक्दैन । एनिमेटेड सिरिज ‘बाहुबली : क्राउन अफ ब्लड’को ट्रेलर चाँडै आउँदैछ ।’

एनिमेटेड श्रृंखलाको घोषणा भएदेखि नै फ्यान यसबारेमा जानकारी लिन निकै उत्सुक छन् । एक फ्यान लेख्छन्, ‘सुपर बाहुबली ।’ अर्का प्रयोगकर्ताले यो नेटफ्लिक्समा आउने हो त भनेर सोधेका छन् । अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘हाम्रो बाहुबली आइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । नेपाल र भियतनामबिच व्यापार एवं लगानी प्रवर्द्धनका लागि दुई देशका निजी क्षेत्रले समझदारी गरेका छन् । नेपाल चेम्बरको

काठमाडौँ, २० असोज । बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य

काठमाडौँ, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पछाडि

काठमाडौँ, २० असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।