प्रविधिको उच्चतम प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि : मन्त्री शर्मा

काठमाडौँ, २० वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी छन् ।

आज सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको सन्दर्भमा शुभकामना सन्देशमार्फत उनले उनले यसबारे सरकार र सरकारका निकायहरूसँगै निजी क्षेत्रले समेत प्रष्ट धारणा बनाएर अघि बढ्नुपर्ने बताइन् । उनले सरकारले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि कार्य गर्न सरकार दृढतापूर्वक अघि बढेको बताइन् । मन्त्री शर्माले तीव्र विकास र उच्च आर्थिक वृद्धिका लागि धेरै भन्दा धेरै सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने उद्देश्यसहित सरकारले डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई कार्यान्वयनमा ल्याएको बताइन् । 

‘सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको छ । राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरू सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन् । आजको दिनमा विभिन्न सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोग बढेको छ । दैनिक जीवनमा प्रयोग हुने आधारभूत सेवादेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका कार्यहरूमा विद्युतीय प्रणालीको उपयोग बढेको छ,’ मन्त्री शर्माले भनेकी छन्, ‘डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीव्र र प्रभावकारी बनाउन सरकारले आधारभूत डिजिटल पूर्वाधारको रूपमा देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी