फिल्म ‘लेबर’ बन्ने घोषणा

काठमाडौँ, २० वैशाख । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फिल्म ‘लेबर’ बन्ने घोषणा गरिएको छ । 

निर्देशक पुर्णेन्दु के झाले राजधानीको सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरिएको फिल्म मैथिली भाषामा तयार गरेर नेपाली र भोजपुरी भाषामा स्वराङ्कन गरिने जानकारी दिए ।

उनले फिल्ममा विदेशिन बाध्य नेपाली र विदेशिन बाध्य बनाइने नेपालीको कथा रहेकाले श्रमिक दिवसकै अवसर पारेर निर्माण घोषणा गरिएको बताए । 

उनले भने, “हाम्रो देशबाट श्रमिकको रुपमा बाहिरिनेको सङ्ख्या निरन्तर बढ्दो छ । यस विषयमा अध्ययन र अनुसन्धान गरेपछि कथालाई चलचित्रमार्फत देखाउनुपर्छ भन्ने लागेर यसको निर्माण गर्दैछौँ । यो मधेसको पृष्ठभूमिमा तयार गरिने आम मानिस र सरकारबीचको कथा हो ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई एक नम्बरको

काठमाडौँ, ५ जेठ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसले संसद्‌मा मुठभेडमा लैजान चाहेको

काठमाडौँ, ५ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका

काठमाडौँ, ५ जेठ । गृह मन्त्रालयले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागलाई अधिकार प्रत्यायोजन गरेको छ ।