दक्षिण कोरियाको निर्यातमा वृद्धि

एजेन्सी, १९ वैशाख । स्थानीयरूपमा निर्मित प्राविधिक उत्पादनहरूको बलियो मागका कारण दक्षिण कोरियाको निर्यात मात्रा लगातार सातौँ महिनामा पनि बढेको केन्द्रीय बैंकको तथ्याङ्कले  देखाएको छ ।

बैंक अफ कोरियाका अनुसार निर्यात मात्रा सूचकाङ्क मार्चमा एक वर्षअघिको तुलनामा शून्य दशमलव एक प्रतिशतले बढेको छ र यो वृद्धि गत वर्षको सेप्टेम्बरदेखि जारी छ । मात्राको सन्दर्भमा अर्धचालकसहित कम्प्युटर, इलेक्ट्रोनिक र अप्टिकल उपकरणहरूका लागि आउटबाउन्ड ढुवानी मार्चमा वार्षिक आधारमा १४ दशमलव तीन प्रतिशतले बढी लगातार आठौँ महिनामा बढ्दो प्रवृत्तिमा देखिएको छ । 

कपडा, प्राथमिक धातु उत्पादन र मेसिनरीका लागि निर्यात मात्रा दोहोरो अङ्कमा घटेको छ । गत वर्षको समान महिनाको तुलनामा मार्चमा निर्यात मूल्य सूचकाङ्क एक दशमलव एक प्रतिशतले बढेको छ ।आयात मात्रा सूचकाङ्क मार्चमा एक वर्षअघिको तुलनामा नौ प्रतिशतले घटेको छ । औद्योगिक र उत्पादनहरूको कम मागका कारण लगातार नवौँ महिनामा गिरावटको गति कायम राखेको छ ।

आयात मूल्य सूचकाङ्क गत महिना १३ दशमलव दुई प्रतिशतले घटेर लगातार १३औँ महिनामा गिरावटको प्रवृत्ति कायम छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेचीपुल हुँदै भारतबाट नेपाल आउँदै गरेका एक युवक

काठमाडौँ, २२ असोज । सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका

काठमाडौँ, २२ असोज । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  गोलभेडा