श्रमिकको हक, हितको प्रबन्ध गर्न साझा प्रतिबद्धता आवश्यक छ : सभामुख घिमिरे

काठमाडौँ, १९ वैशाख । सभामुख देवराज घिमिरले अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको सामाजिक सुरक्षा तथा श्रम बजार व्यवस्थित गर्दै उत्पादकत्व अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । 

सभामुख घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिकलाई शुभकामना व्यक्त गर्दै श्रमिक दिवसले समस्त मजदुर वर्गमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको कामना गरे ।

“नेपालमा शारीरिक श्रम गर्ने र दैनिक ज्यालादारी मजदुरलाई सम्मानजनक रूपमा नहेर्ने प्रवृत्ति विद्यमान रहेको छ, जसको श्रमबाट निर्भर रहने उनीहरूलाई नै हेयको दृष्टिबाट हेर्ने नेपाली समाजको प्रवृत्ति बदल्न जरुरी छ”, शुभकामना सन्देशमा भनिएको छ, “संविधानको व्यवस्था बमोजिम श्रमिकको हक, हित तथा सुविधाको प्रबन्ध गर्न, असल श्रम सम्बन्धको विकास गर्न, श्रम शोषणका सबै अवस्थालाई अन्त्य गरी उत्पादकत्व वृद्धि गर्न हामी सबैको साझा प्रतिबद्धता आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ १८ असोज । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ

काठमाडौँ, १८ असोज । पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो

काठमाडौँ, १८ असोज । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका

काठमाडौँ, १८ असोज । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार