राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नु पर्ने समय आयो : अध्यक्ष थापा

काठमाडौँ, १८ वैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नेबारे नयाँ शिराबाट सोच्नुपर्नेमा जोड दिएका छन् । 

आज पार्टीको तराई मधेस  र पूर्वाञ्चल क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरूको भर्चुअल बैठकमा बोल्दै थापाले मुलुकले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको भन्दै अहिलेको मुलुकको दुरावस्थाबाट पार पाउन ठुलो छातीका साथ राष्ट्रवादी शक्ति निर्माणमा जुट्नु पर्ने बताए । 

वर्तमान भ्रष्ट व्यवस्था प्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दु राष्ट्र र राजाको लोकप्रियता बढिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्न ढिला गर्न नहुने भन्दै उनले आफू र राप्रपा नेपाल त्यसको लागि सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको समेत उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । नेपाल र भियतनामबिच व्यापार एवं लगानी प्रवर्द्धनका लागि दुई देशका निजी क्षेत्रले समझदारी गरेका छन् । नेपाल चेम्बरको

काठमाडौँ, २० असोज । बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य

काठमाडौँ, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पछाडि

काठमाडौँ, २० असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।