चीनले सबै विद्यालयमा दुर्व्यवहारविरुद्ध अभियान शुरु गर्ने

एजेन्सी, १८ वैशाख । चीनले राष्ट्रव्यापी रुपमा विद्यालयमा दुर्व्यवहारविरुद्ध अभियान शुरु गर्ने भएको छ ।

त्यहाँका प्राथमिक, माध्यमिक विद्यालय र किन्डरगार्टेनहरूमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विभिन्न प्रयास भइरहेकामा अब दुर्व्यवहार विरोधी अभियान शुरु गरिने चिनियाँ अधिकारीहरूले बताएका छन् ।

शिक्षा तथा सार्वजनिक सुरक्षा मन्त्रालयका साथै अग्नि तथा उद्धार प्रशासनको संयुक्त बैठकले सबै प्राथमिक र माध्यमिक विद्यालयमा दुर्व्यवहारका घटनामा केन्द्रित भएर शुरुमा बृहत् अनुसन्धान गरिने जनाएको छ । बैठकले जवाफदेहिता प्रणालीमा सुधारका लागि पहल गर्नुका साथै कानूनको शासनबारे शिक्षक, विद्यार्थी र अभिभावकलाई सचेत गराउनु पर्नेमा जोड दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । नेपाल र भियतनामबिच व्यापार एवं लगानी प्रवर्द्धनका लागि दुई देशका निजी क्षेत्रले समझदारी गरेका छन् । नेपाल चेम्बरको

काठमाडौँ, २० असोज । बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य

काठमाडौँ, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पछाडि

काठमाडौँ, २० असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।