अमेरिकामा प्रहरीमाथि गोली प्रहार, तीनजनाको मृत्यु, पाँच घाइते

एजेन्सी, १८ वैशाख । अमेरिकाको नर्थ क्यारोलिनामा कानुन कार्यान्वयन गर्ने क्रममा आपराधिक समूहको आक्रमणमा  सोमबार तीन प्रहरी अधिकारी मारिएका छन् । पाँचजना घाइते भएका छन् ।

एक वारेन्ट कार्यान्वयनका क्रममा त्यहाँको एक घर सिज गर्न पुगेका प्रहरी अधिकारीमाथि घर भित्रबाट गोली प्रहार भएपछि उक्त घटना भएको जनाइएको छ । स्थानीय चार्लोटेमा उक्त घटना करिव तीन घण्टापछि  नियन्त्रणमा आएको थियो । घटनामा एकजना आक्रमणकारी पनि मारिएको जनाइएको छ ।

अधिकारीहरुका अनुसार गोली प्रहारमा दुई सुटर संलग्न रहेका थिए । घाइते सुरक्षाकर्मी टास्क फोर्सको नेतृत्व गरिरहेको यूएस मार्सल सर्भिससम्बद्ध रहेको जनाइएको छ । उक्त क्षेत्रमा गोली प्रहारको घटना भएका कारण सुरक्षाकर्मी वारेन्ट आदेशको पालना गर्न त्यहाँ पुगेको थियो । सोही क्रममा  प्रहरीलाई घर भित्रबाट गोली प्रहार गरिएको चार्लोटे–मेकलेनबर्गका प्रहरी प्रमुख जोनी जेनिङले भने । सहरको पूर्वी भागको आवासीय क्षेत्रमा करिब दुई घण्टासम्म गोलि चलेको बताइएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हवी

काठमाडौँ, २८ असोज । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो

ताप्लेजुङ, २८ असोज । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक

कञ्चनपुर, २८ असोज । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् भने बिचमै विद्यालय