झिनो अंकले नेप्से सूचक बढ्यो

काठमाडौँ, १७ वैशाख । नेप्से सूचक आज झिनो अंक (०.०७ अंक) ले बढ्दै १९८०.३४ अंकमा उक्लिएको छ । 

आज अघिल्लो दिनको भन्दा २७ करोड ६८ लाख ७२ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँ बराबरको ७३ लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको हो । 

अघिल्लो दिन १४.३३ अंकले नेप्से बढेको बजारमा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता सेयर कारोबार भएको थियो । सोमबार बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स र म्युचुअल फण्ड समुहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हवी

काठमाडौँ, २८ असोज । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो

ताप्लेजुङ, २८ असोज । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक

कञ्चनपुर, २८ असोज । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् भने बिचमै विद्यालय