काठमाडौँ, १७ वैशाख । फिल्म ‘दान्भी’को प्रदर्शन मिति परिवर्तन भएको छ ।
जेठ १० गतेबाट सरेको यो सिनेमा अब असार ७ मा रिलिज हुनेछ । नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सिनेमाको नयाँ रिलिज मिति तय गरेको हो ।
चलचित्रमा नायिका पूजा शर्मा र नवनायक कुन्साङ बोमजोमको मुख्य भूमिका छ ।