स्टार होइन, स्क्रिप्टमा लगानी गरौं : दीपकराज गिरी

काठमाडौँ, १७ वैशाख । अहिले ‘छक्कापञ्जा ५’ को तयारीमा व्यस्त दीपकराज गिरीले त ‘बोक्सीको घर’को ओपनिङ सन्दर्भमा फेसबुकमा स्टाटस लेख्दै धारणा राखेका छन् । स्टारमा होइन, स्क्रिप्टमा लगानी गर्न आग्रह गरेका छन् ।

उनी लेख्छन्, ‘पोष्टरमा एक नायिका मात्रै छ तर फिल्मको ओपनिङ मल्टिस्टारर फिल्म भन्दा बलियो छ । त्यसैले स्टारमा होइन स्क्रिप्टमा लगानी गरौं । बधाई केकी र बोक्सिको घर टिम ।’

‘बोक्सीको घर’को ओपनिङ धेरैका लागि ‘अनपेक्षित’ हो । सामाजिक कथावस्तुमा बनेको यो फिल्मले क्रमशः पिकअप लिन सक्ने अनुमान धेरैको थियो । तर शुक्रबार र शनिबार यसले जसरी ओपनिङ गरेको छ, धेरैका लागि यो चकित तुल्याउने परिघटना नै हुनुपर्छ । वितरण कम्पनी टि–फोकका अनुसार फिल्मले पहिलो सप्ताहन्त दुई करोड ग्रसभन्दा धेरै कमाइ गरेको छ । केकी अधिकारी स्टारर फिल्मको यो ओपनिङलाई लिएर फिल्मकर्मीले पनि प्रतिक्रिया जनाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । निर्वाचन आयोगले आर्थिक वर्ष २०८०–०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ । आज

काठमाडौँ, २२ असोज । सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् । समयमै उखुको समर्थन मूल्य

काठमाडौँ, २२ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग

काठमाडौँ, २२ असोज । भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई