नेपाल र वेस्ट इन्डिज ‘ए’को दोस्रो खेल आज

काठमाडौँ, १६ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग  मैत्रीपूर्ण टी–२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ । खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल आएको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो । नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्याएको थियो  । नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेलेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु

काठमाडौँ, ३१ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा जनशक्तिको विदेश पलायन र लाहुरे संस्कृतिको प्रभाव पनि विकासको बाधक

काठमाडौँ, ३१ वैशाख । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको लगानी जोखिममा पर्ने गरी बजेट नल्याउने बताएका छन् । सरकारले निजी क्षेत्रलाई

काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि पहल भइरहेको बताएका छन् । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग