मन्त्री श्रेष्ठद्वारा गेटामा विश्वविद्यालयको भवन अवलोकन

काठमाडौँ, ९ वैशाख । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले कैलालीको गेटामा विश्वविद्यालय बनाउन निर्माण गरिएको भौतिक संरचनाहरुको स्थलगत अवलोकन गरेकी छिन् ।

आज बिहान मन्त्री श्रेष्ठले निर्माण गर्ने भनिएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भवनको पछिल्लो अवस्थाबारे बुझ्न अवलोकन गरेकी हुन् । गेटामा सरकारले २०७९ माघ २९ गते विश्वविद्यालय बनाउने घोषणा गरिसकेको छ । तर, त्यसको २ वर्ष अघि नै करोडौँ लगानी गरेर निर्माण भइसकेका भवन भने हाल सम्म पनि प्रयोगविहीन छन् ।

मन्त्री श्रेष्ठले गेटामा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना बनाएर अगाडि बढ्ने बताइन् । उनले मेडिकल कलेज सञ्चालनका लागि ३ सय शय्याको अस्पताल सञ्चालन गरेर ६० प्रतिशत अक्युपेन्सी आवश्यक पर्ने भएकाले त्यसका विषयमा के गर्ने भन्ने योजना बनाउनु पर्ने बताइन् ।हाल गेटामा १ सय शय्याको अस्पताल मात्रै सञ्चालनमा रहेको छ । जसले ओपिडी सेवा मात्रै दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर