नेपालबाट टी-२० आईमा रोहित बने सर्वाधिक कप्तानी गर्ने खेलाडी

काठमाडौँ, ८ बैशाख । ब्याटर रोहित पौडेल नेपालबाट टी-२० आईमा सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी बनेका छन् ।

रोहितले एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङविरुद्ध खेलबाट उक्त कीर्तिमान बनाएका हुन् ।

२०२३ देखि रोहितले नेपालबाट हालसम्म २८ खेलमा कप्तानी गरेका छन् । उनले पूर्वकप्तान पारस खड्कालाई २७ खेलको कप्तानीलाई पछि पारेका हुन् । रोहितको कप्तानीमा २८ टी-२० आईमा नेपाल १६ मा जित र ९ मा हार व्यहोरेको थियो । गत नोभेम्बरमा आईसीसी टी-२० विश्वकप छनोट ए को सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुर्याउनु रोहितको टी-२० आईमा कप्तानीमा ठूलो उपलब्धी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर