नेपालबाट टी-२० आईमा रोहित बने सर्वाधिक कप्तानी गर्ने खेलाडी

काठमाडौँ, ८ बैशाख । ब्याटर रोहित पौडेल नेपालबाट टी-२० आईमा सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी बनेका छन् ।

रोहितले एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङविरुद्ध खेलबाट उक्त कीर्तिमान बनाएका हुन् ।

२०२३ देखि रोहितले नेपालबाट हालसम्म २८ खेलमा कप्तानी गरेका छन् । उनले पूर्वकप्तान पारस खड्कालाई २७ खेलको कप्तानीलाई पछि पारेका हुन् । रोहितको कप्तानीमा २८ टी-२० आईमा नेपाल १६ मा जित र ९ मा हार व्यहोरेको थियो । गत नोभेम्बरमा आईसीसी टी-२० विश्वकप छनोट ए को सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुर्याउनु रोहितको टी-२० आईमा कप्तानीमा ठूलो उपलब्धी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः