लागु औषधसहित एक जना पक्राउ

काठमाडौँ, ८ बैशाख । काठमाडौँ महानगरपालिका-३ नारायण गोपाल चोकबाट  नियन्त्रित लागु औषधसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार दोलखा मेलुङ गाउँपालिका-४ घर भई काठमाडौँ बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय सरोज श्रेष्ठलाई आज दिउँसो पक्राउ गरेको हो । 

प्रहरीले बा.२२ प ५२४८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागु औषधसहित पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले प्रोमेथाजाइन ३७ एम्पुल, डाइजेपाम ३४ एम्पुल र बुप्रेनोर्फिन ३३ एम्पुल बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धामा गएपछि प्राप्त परिणाम स्वीकार नगर्ने छुट नभएको बताएका छन् । आज

काठमाडौँ, ५ जेठ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको प्रतिनिधिको थलो संसद् अब बन्धक बन्न नसक्ने स्पष्ट पारेका छन् । आज

काठमाडौँ, ५ जेठ । संसद् बैठकमा रहेको अवरोध अन्त्य गर्न शीर्ष राजनीतिक तहमा आज पनि छलफल भएको छ । आज

काठमाडौँ, ५ जेठ । नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने पार्टी