यूएईसँग नेपाल पराजित : उपाधि होडबाट बाहिरियो

काठमाडौँ, ७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ ।

ओमानमा जारी उक्त प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा नेपाली टोली चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६ विकेटले पराजित भयो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १७.२ ओभरमा केवल चार विकेट गुमाउँदै विजयलक्ष्य पुरा गर्‍यो । 

अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित यही प्रतियोगिताको फाइनलमा यूएईलाई सात विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको थियो । एसीसी प्रिमियर कपको पहिलो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो । यसपटक भने आगामी आईसीसी टी-२० विश्वकपलाई ध्यानमा राखी प्रिमियर कप पनि टी-२० ढाँचामा खेलाइएको हो । 

जारी प्रतियोगितामा अब नेपाली टोलीले ओमान र हङ्कङबिच हुने दोस्रो सेमिफाइनलको पराजित टोलीसँग तेस्रो स्थानका लागि भिडन्त गर्नेछ । तेस्रो स्थानको खेल शनिबार खेलिने छ । सेमिफाइनलमा विजयी दुई टोलीबिच आइतबार उपाधि भिडन्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँ महानगरपालिकाले दुई महिनाका लागि सडक र फुटपाथ खन्न रोक लगाएको छ । महानगरपालिकाले असार १ गतेदेखि

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ३ असार । आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बस्दैछ । आजको दिउँसो १ः०० बजे बस्ने बैठकमा सङ्घीय

काठमाडौँ, ३ असार । नेपाल राष्ट्र बैङ्कले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange