‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बन्ने

काठमाडौँ, ६ बैशाख । बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बन्ने भएको छ ।

बिहीबार चलचित्र विकास बोर्डमा यो शीर्षकमा फिल्म दर्ता गर्दै निर्माताले निर्माण इजाजत लिएका छन् । पटकथा लेखक शिवम् अधिकारीले फिल्मको स्क्रिप्ट निर्माताद्वय टंक बुढाथोकी र विनय अधिकारीलाई बुझाएका छन् । बोर्डमा दर्ता गरिएअनुसार निर्देशकमा टंककै नाम उल्लेख छ । तर उनले नै निर्देशन गर्ने निधो भइनसकेपनि त्यो सम्भावना बलियो रहेको लेखक अधिकारीले बताए ।

शिवमका अनुसार बालगायक दर्जीको संगीत करिअरमा टंकले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देशको कथावस्तु यो फिल्ममा समावेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ जेठ । पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ

काठमाडौँ, ६ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ६ जेठ । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र

काठमाडौँ, ५ जेठ । काभ्रेपलाञ्चोकका करिब १८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने भएको छ । तत्कालीन अवस्थामा खोप आपूर्ति बन्द