‘द रेड सुट्केस’ फिल्मले क्रान्तिको सुरुवात गरेको छ : मन्त्री अर्याल

काठमाडौँ, ५ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले फिल्म ‘द रेड सुट्केस’ हेरेका छन् ।

उनले मंगलबार फिल्म हेरेपछि रातो सुटकेस बोकेर विदेश जाने दिनको अन्त्यका लागि यसले क्रान्तिको सुरुवात गरेको प्रतिक्रिया दिए ।

उनले भने, ‘फिल्ममा मैले मूलतः दुइटा कुरा पाएँ । पहिलो त यसले वैदेशिक रोजगारीमा जाने हाम्रा युवाको नियतिको कथा प्रस्तुत गर्छ । दोस्रो चाहिं यसले हाम्रो गाउँठाउँमा पारेको प्रभावलाई दुरुस्त उतारेको छ,’ ‘संयोगवश म अहिले यो सबै हेर्ने जिम्मेवार मन्त्रालयको नेतृत्वमा छु । फिल्मले पहाडी बस्तीमा पुरुष नभएको अवस्थालाई जसरी प्रस्तुत गरेको छ । त्यो उत्कृष्ट छ ।’

रास्वपा सांसद असिम शाह, महामन्त्री मुकुल ढकालसहित उनी सीडीसी हलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ जेठ । गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा सम्पन्न भएको छ । शुक्रबार मकवानपुरको

काठमाडौँ, ६ जेठ । पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ

काठमाडौँ, ६ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ६ जेठ । आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल । मेष : दैनिकी सामान्य छ । आम्दानी बढ्नेछ। स्वास्थ्यमा