१५ महिनामा तीनपटक विश्वासको मत लिने अवस्था आउनु विडम्बना : प्रधानमन्त्री 

काठमाडौँ, ४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ महिनामा तीनपटक विश्वासको मत लिने अवस्था सिर्जना हुनु विडम्बना भएको बताएका छन् । 

आज सुशासनका चुनौती तथा सरकारको आगामी कार्यदिशा विषयक छलफलमा बोल्दै उनले विश्वासको मत लिनु आफ्नो विशेषता पनि भएको संकेत गरे । उनले भने, “मैले केही समय अगाडि तेस्रो पटक विश्वासको मत लिएँ,” “१४–१५ महिनामा नै तीनपटक विश्वासको मत लिने अवस्था सिर्जना हुनु आफैँमा विडम्बना पनि भन्न सकिन्छ । यसलाई हाम्रो विशेषता पनि भन्न सकिन्छ ।” 

एउटा शक्तिले राजनीतिक प्रक्रियाबाट आइसोलेटेड भएको महसुस नगरोस् भन्ने पक्षमा आफू रहेको उनको भनाइ छ । उनले पहिलो समीकरणबाट दोस्रो समीकरण बनाउने बेलामा राष्ट्रपति नेपाली कांग्रेसलाई दिनुपर्ने प्रस्ताव राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ जेठ । गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा सम्पन्न भएको छ । शुक्रबार मकवानपुरको

काठमाडौँ, ६ जेठ । पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ

काठमाडौँ, ६ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ६ जेठ । आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल । मेष : दैनिकी सामान्य छ । आम्दानी बढ्नेछ। स्वास्थ्यमा