खेल मैदानमा भ्रष्टाचार गरेको आरोपमा ५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, ४ बैशाख । डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले आचार्यका साधै सामाजिक विकास कार्यालयका सव–इन्जिनियर मोतीप्रसाद बुढा, कभर्ड हल तथा खेलकुद मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेश शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध मुद्दा दर्ता गरेको छ । उनीहरूले डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं ३ दुनैमा खेलकुद मैदान निर्माणमा कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको अख्तियारले दाबी गरेको छ । निर्माणको काम लागत अनुमान र सम्झौताभन्दा कम गरी ९ लाख ९३ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ जेठ । पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ

काठमाडौँ, ६ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ६ जेठ । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र

काठमाडौँ, ५ जेठ । काभ्रेपलाञ्चोकका करिब १८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने भएको छ । तत्कालीन अवस्थामा खोप आपूर्ति बन्द