एमाले सिन्धुली अध्यक्षमा श्रेष्ठ निर्वाचित

सिन्धुली, १ बैशाख । नेकपा एमालेको आठौं जिल्ला अधिवेशनबाट सिन्धुली अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष कुमारबहादुर कार्कीलाई १ सय ३७ मतअन्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । खसेको मत ७ सय ५४ मा श्रेष्ठले ४ सय ४१ पाउँदा कार्कीले ३ सय ४ मत प्राप्त गरे । ७ सय ८४ प्रतिनिधिमा ३० जना अनुपस्थित रहेका थिए । 

त्यसैगरी उपाध्यक्षमा ३ सय ९४ मतका साथ कर्णबहादुर घिसिङ निर्वाचित भएका छन् । निवर्तमान उपाध्यक्ष घिसिङले खड्गबहादुर रजन मगरलाई ५३ मतअन्तरले पराजित गरेका हुन् । रजन मगरले ३ सय ४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत पदम मगरले जानकारी दिए ।

त्यस्तै सचिवमा नवराज थिङले ४ सय १ मत प्राप्त गरी निर्वाचित हुँदा निवर्तमान सचिव नारायण बरालले ३ सय २८ मत प्राप्त गरे । खुला उपसचिवमा ४ जना प्रतिस्पर्धीलाई पछि पार्दै दिपेश बराल निर्वाचित भएका छन् । उनले २ सय ३५ मत प्राप्त गरे । उपसचिवका उम्मेदवार कुमार शर्माले १ सय ५६, राजु बरालले १ सय ५१, टिकाबहादुर देवकोटा ९७ र शंकर कार्कीले ४५ मत प्राप्त गरेका थिए । उपसचिव महिलामा पार्वती भट्टराई ४ सय ८४ मतका साथ विजयी भएकी छिन् । उपसचिवकी प्रतिस्पर्धी मिथुलाकुमारी घिमिरेले २ सर २० मत प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।