रुसका बाढीग्रस्त शहरमा नागरिकलाई सुरक्षित ठाउँमा सार्न निर्देशन

एजेन्सी, १ बैशाख । रुसका बाढीग्रस्त शहरमा नागरिकलाई सुरक्षित ठाउँमा सार्न निर्देशन दिइएको छ । मुख्यगरी ओरेनबर्गले घातक बाढीको सामना गर्नुपरेको र ठूलो सङ्ख्यामा मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन दिइएको समाचार संस्था एएफपीले जनाएको छ ।

त्यहाँ युराल नदीमा पानीको बहाव बढ्दै जाँदा बाढीको जोखिम उच्च छ । ठूलो पानी परेपछि रूस र काजकिस्तान पार गर्ने थुप्रै प्रमुख नदीहरू उर्लेका छन् । जोखिम रहेका ओरेनबर्गसहित मुख्य क्षेत्रमा साइरन बजिरहेको छ । पछिल्लो १० घण्टामा युराल नदीमा पानीको सतह ४० सेन्टिमिटर बढेको छ । पश्चिमी साइबेरियामा इशिम नदी पनि खतरनाक स्तरमा पुगेको टियुमेन क्षेत्रका अधिकारीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ बैशाख । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा

एजेन्सी, १९ बैशाख । अमेरिकी रक्षा विभागले जर्मनीबाट ५ हजार सैनिक हटाउने निर्णय गरेको छ । यो निर्णय यस्तो समयमा

एजेन्सी, १८ बैशाख । इरानले अमेरिकाविरुद्ध कडा चेतावनी दिँदै पुनः सैन्य आक्रमण गरिए लामो र पीडादायी प्रहार गरिने बताएको छ ।

एजेन्सी, १८ बैशाख । इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले एक लिखित सन्देशमा इस्लामिक गणतन्त्रसँगको युद्धमा अमेरिका पराजित भएको दाबी