रुसका बाढीग्रस्त शहरमा नागरिकलाई सुरक्षित ठाउँमा सार्न निर्देशन

एजेन्सी, १ बैशाख । रुसका बाढीग्रस्त शहरमा नागरिकलाई सुरक्षित ठाउँमा सार्न निर्देशन दिइएको छ । मुख्यगरी ओरेनबर्गले घातक बाढीको सामना गर्नुपरेको र ठूलो सङ्ख्यामा मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन दिइएको समाचार संस्था एएफपीले जनाएको छ ।

त्यहाँ युराल नदीमा पानीको बहाव बढ्दै जाँदा बाढीको जोखिम उच्च छ । ठूलो पानी परेपछि रूस र काजकिस्तान पार गर्ने थुप्रै प्रमुख नदीहरू उर्लेका छन् । जोखिम रहेका ओरेनबर्गसहित मुख्य क्षेत्रमा साइरन बजिरहेको छ । पछिल्लो १० घण्टामा युराल नदीमा पानीको सतह ४० सेन्टिमिटर बढेको छ । पश्चिमी साइबेरियामा इशिम नदी पनि खतरनाक स्तरमा पुगेको टियुमेन क्षेत्रका अधिकारीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ माघ । आज सेयर बजार परिसूचक (नेप्से) ४.४५ अंकले घटेको छ । २७१९ बिन्दुबाट सुरु भएको कारोबार तीव्र

काठमाडौँ, २३ माघ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २२ सय

नवलपरासी, २३ माघ । यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला

काठमाडौँ, २३ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गाजर(लोकल) (के.जी.)